Comments Add Comment

हिलारी क्लिन्टन बनिन् राष्ट्रपतिको उम्मेदवार

hillary_clinton१२ साउन, काठमाडौं । हिलारी क्लिनटन अमेरिकाको प्रमुख राजनीतिक दलको तर्फबाट राष्ट्रपति चुनावको उमेदवार बन्ने पहिलो महिला बनेकी छिन् ।

फिलाडेल्फियामा जारी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टी प्रतिनिधिले हिलारी क्लिनटनलाई आफ्नो पार्टीको आधिकारीक उमेदवार चयन गरेका हुन् ।

हिलारी अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिनटनकी पत्नी हुन् ।

नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा हिलारीको रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय सम्मेलनको पहिलो दिन बर्नी सेडर्सका समर्थकले हिलारी क्लिन्टनको दावेदारीको बिरोध गरेका थिए । तर, पार्टी अधिकारीले विरोध शान्त गर्दै समस्या समाधान गरेका थिए ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका उम्मेदवारका लागि बर्नी सेडर्स पहिला हिलारीका प्रतिद्वन्द्वी थिए । तर, पछि उनले समर्थन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment