Comments Add Comment

इन्टरनेशनल च्याम्पियन्स कपमा मिलानद्वारा बार्यन पराजित

AC-Milan-VS-Baryen

काठमाडौं । प्रि-सिजन टूरमा अमेरिकामा रहेका युरोपियन क्लवहरुबीचको मैत्रिपूर्ण फुटबल प्रतियोगिता इन्टरनेशनल च्याम्पियन्स कपमा इटलीको एसी मिलानले पूर्व च्याम्पियन बार्यन म्यूनिखलाई पेनाल्टी शुटआउटमा पराजित गरेको छ ।

नियमित समयमा ३-३ गोलको बराबरी खेलेका दुई टोलीबीच बिजेताको छिनोफानो पेनाल्टी शुटआउटबाट गर्नुपर्‍यो । जसमा जियाकोमो बोनाभेन्टुराको बिजयी पेनाल्टी प्रहारबाट एसी मिलानले बार्यनमाथि ५-३ गोलको जित सुनिश्चित गर्‍यो ।

यसअघि नियमित समयको अन्त्यतिर फ्र्याङ्क रिवेरीले पेनाल्टीमार्फत बराबरी गोल गरेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । खेलमा बार्यनको लागि रिवेरीले २ गोल गरे भने डेभिड अलावाले १ गोल गरे ।

यता नियाङको गोलमार्फत खेलमा एसी मिलानले अग्रता लिएको थियो । मिलानका लागि बर्टोलाक्की र कुक्काले एक एक गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment