Comments Add Comment

नेपालमा बाढी पहिरोको विपत्ती, भारतद्वारा दुःख व्यक्त

'नेपाल सरकारले आग्रह गरेमा जुनसुकै सहयोग गर्न तयार'

Nepal-India

१३ साउन, काठमाडौं । भारतले नेपालमा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । उसले नेपाल सरकारले आग्रह गरेमा जुनसकै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो प्रतिबद्धता जनाएको हो ।

पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले भने, ‘नेपालमा बाढी र पहिरोबाट भएको क्षतिबाट हामी दुःखी छौं । यदी नेपाल सरकारले आग्रह गरेमा जस्तोसुकै सहयोग गर्न भारत तयार छ ।’

भारतमा पनि बाढीले क्षति गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment