Comments Add Comment

मैत्रीपूर्ण भलिबलमा नेपाल भारतसँग पराजित

१३ साउन, काठमाडौं । भारतविरुद्वको पहिलो मैत्रीपूर्ण भलिबल खेलमा नेपाल पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आज भएको खेलमा भारतले नेपाललाई २५–२०, २५–१९ तथा २७–२५ ले लगातार पराजित गर्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभा मालीले सर्वाधिक २६ स्कोर गरिन् । उनी खेलकै सर्वाधिक स्कोर गर्ने खेलाडी हुन् । त्यस्तै नेपालका तर्फबाट दोस्रो सर्वाधिक स्कोर गर्नेमा अरुणा शाही बनिन् । उनले ७ स्कोर जोडेकी थिइन् । सरस्वती चौधरीले भने ६ स्कोर जोडिन् ।

खेलपछि नेपाली टोलीका प्रशिक्षक सन्देशकुमार रिमालले प्रतियोगितामा जित हासिल गर्न नसके तापनि नेपालका तर्फबाट उत्कृष्ट खेल प्रदर्शन गरिएको बताए ।

त्यसैगरी नेपाली टोलीका कप्तान विनिता बुढाथोकीले खेलको लगभग अन्तिम समयमा खेल नियन्त्रणमा राख्न नसकिएको बताइन् ।

त्यस्तै भारतीय टोलीका प्रशिक्षक वैशाली फडतरेले नेपालले आज राम्रो खेल खेलेको टिप्पणी गरेका छन् । नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेल शुक्रबार राखेपको कभर्ड हलमा हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment