Comments Add Comment

हाकिमको स्टाटसमा कमेन्ट नगरेको आरोपमा कर्मचारीमाथि कारवाही !

yuanआफ्ना हाकिमले सोसल मिडिया विबोमा राखेका स्टाटस तथा पोष्टहरुमा कमेन्ट नगरेको भन्दै एक संस्थाका कर्मचारीहरुमाथि जरिवाना भएको छ ।

घटना हो पूर्वी चीनको जिनानस्थित एक ट्राभल कम्पनीको । कम्पनीका सिइओ झांग मिंगले माइक्रोब्लगिंग साइट विबोमा कम्पनीका बारेमा विभिन्न खाले समाचारका साथै उत्प्रेरक भनाइहरु पोष्ट गर्दै आएका छन् ।

उनले राख्ने यस्ता स्टाटसमा नियमित रुपमा कमेन्ट गर्न सम्पूर्ण कर्मचारीहरुलाई उर्दी जारी गर्ने गरिएको छ ।

सिइओका सोसल अकाउन्टमा कमेन्ट नगर्नेमाथि कारवाही गरिने नीति कम्पनीको रहँदै आएको छ । जस अनुसार पछिल्लो पटक २ सय कर्मचारी कारवाहीमा परे । उनीहरुमाथि जनही ५० युआन जरिवाना गरिएको बेइजिंग युथ डेलीले जनाएको छ ।

खासगरी युवा कर्मचारीहरुको वर्किंग इथिक्समा सुधार गर्नका लागि यस्तो नीति अख्तियार गरिएको कम्पनीका मार्केटिंग म्यानेजर झाओ रुक्जिनले बताएका छन् ।

तर यस्तो नीतिबाट कर्मचारीहरु भने असन्तुष्ट देखिएका छन् । नाम नबताउने शर्तमा एक कामदारले आफुहरुलाई पूर्व चेतावनी विनै कारवाही गरिएको बताए । साथै उनले यसबाट श्रम कानूनको उल्लघन भएको । कहिलेकाहीँ कम्पनीको लोगो भएको ब्याग नबोकेको भनेर पनि जरिवाना गर्ने गरिएको उनले खुलासा गरे ।

हाकिम झांगलाई भने यस्तो आलोचनाले कुनै फरक पारेको छैन । कम्पनीको कर्पोरेट कल्चरको बारेमा सबैले थाहा पाउनु राम्रो कुरा भएको भन्दै उनले कुनैपनि व्यवसाय आफ्नो वृद्धि र प्रवर्द्धनका लागि कर्मचारीमै निर्भर हुने भन्दै उनले अर्को पोष्ट गरेका छन् विबोमा ।

नेटिजन्सहरु भने ती हाकिमको यस्तो रबैयाप्रति असन्तुष्ट छन् । उनको पछिल्लो विबो पोष्टमा आएका ४ हजार बढि कमेन्ट मध्ये अधिकांसमा उनको आलोचना गरिएको छ । एक विबो प्रयोगकर्ताले त आफुले अब आफ्ना आफन्तलाई उक्त ट्राभल एजेन्सीबाट कहिल्यैपनि सेवा नलिन भन्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment