Comments Add Comment

गरिबी निवारण कोषले ५८ जिल्लामा पौने चार अर्ब लगानी गर्ने

garibi-niwaran-kosh८ भदौ, काठमाडौं । गरिबी निवारण कोषले चालू आर्थिक वर्षमा ५८ वटा जिल्लामा ३ अर्ब ८२ करोड २८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । कोषले नियमिततर्फ ५५ र सिर्जनशीलतर्फ ३ जिल्लामा गरी ५८ जिल्लामा सो रकम लगानी गर्ने भएको हो ।

कोषले यो बजेट अन्तर्गत २५ सयय ६२ आय-आर्जन, २ सय ८ सामुदायिक भौतिक पुर्वाधार परियोजना, ७० पकेट क्षेत्र विकास र ६० सहकारी संस्था संचालनलगायतका कार्यक्रममा सहयोग गर्ने योजना लिएको छ ।

त्यसैगरी, कोषले भूकम्प प्रभावित १३ वटा जिल्लामा पनि पुनर्निर्माण वर्षकारुपमा प्राथमिकताका साथ कार्यक्रम बढाउने बताएको छ ।

यही भदौ ७ र ८ गते काठमाडौंमा आयोजना भएको कोषको वाषिर्क समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा कोषका कार्यकारी निर्देशक नहकुल केसीले उक्त जानकारी दिएका हुन् । उनले कोषको ६३औं संचालक समिति बैठकले समेत उपरोक्त बजेट तथा कार्यक्रम अनुमोदन गरिसकेको जानकारी दिए ।

कोषले हालसम्म ५५ कार्यक्रम जिल्लामा २९ हजार सामुदायिक संस्थाहरु गठन गरी ८ लाख गरिब घरधुरीलाई कार्यक्रममा समेटेको छ । कोषका कार्यक्रमबाट लाभान्वित हुने कुल सदस्यहरु मध्ये ७८ प्रतिशत महिला छन् भने जातिगत हिसावले २५ प्रतिशत जनजाति र २६ प्रतिशत दलित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment