Comments Add Comment

बिमा रकमको लोभमा आफ्नै हात खुट्टा काटियो

train९ भदौ, काठमाडौं । भियतनामकी एक महिलाले बिमा रकम लिनको लागि आफ्नो हात खुट्टा काटेकी छिन् ।

यसै वर्ष मेमा ३० वर्षकी ली थी एनले आफू रेलसँग ठोकिएको दाबी गरेकी थिइन् । तर, अहिले उनले स्वयं आफ्नो आंग काटेको स्विकार गरेकी छिन् ।

ली थी एन बीमा कम्पनीबाट डेढ लाख डलर भन्दा धेरै रकम असुल्न चाहन्थिन् ।

हुआ यू को हनोई रेल रोडमा भएको भनिएको दुर्घटनापछि डोआन वान डीले एम्बुलेन्सलाई फोन गरेका थिए ।  अनुसन्धानबाट एम्बुलेन्स बोलाउने व्यक्तिले नै उनको अंग काटेको खुलेको छ ।

घटना भएको तीन महिना पछि महिलाले सामाजिक सञ्जालमा आफ्नो ती तस्वीर पोस्ट गरेसँगै वास्तविकता अगाडि आएको थियो ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार एनको कारोबार बिग्रिएको थियो । भियतनामका सामाजिक सञ्जालहरुमा यो घटनाबारे निकै चर्चा भएको छ ।

केहीले महिलोको यस्तो हर्कतको आलोचना गरेका छन् भने केहीले यस्तो गर्नुको पछाडिको बाध्यता बारे टिप्पणी गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार प्रहरीले महिलाको अंग काट्ने व्यक्ति विरुद्ध आपराधिक जाँच बन्द गरेको छ ।

हनोई बार एसोसिएशनका एक वकिल ली वान लुआनले बीबीसीलाई जनाए अनुसार कानूनमा उनीहरुलाई कारबाही गर्ने धाराको अभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment