Comments Add Comment

पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा मोदी नजान सक्ने

Modi

१२ भदौ, काठमाडौं । पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नजाने सम्भावना देखिएको छ ।

सम्मेलनमा भारतले राष्ट्रपति प्रणव मुखर्जीलाई पठाउने तयारी गरेको छ ।

यस्तै बंगलादेशले पनि प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिलाई पठाउने तयारी गरेको पाकिस्तानको डेली टाइम्सले जनाएको छ ।

कूटनीतिक स्रोतलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, ‘यदि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएनन् भने राष्ट्रपति प्रणव मुखर्जीले देशको प्रतिनिधित्व गर्नेछन् ।’

सार्क सम्मेलन आगामी नोभेम्बर ९ र १० मा पाकिस्तानको इस्लामावादमा हुने तय भएको छ । र, पाकिस्तानी उच्चायुक्त अजिज अहमद खानले सार्क सम्मेलनको स्थान परिर्वतनको सम्भावना नरहेको बताए ।

पास्किस्तानले पहिलो पटक सन् १९८८ डिसेम्बर २९ देखि ३१ सम्म सार्क शिखर सम्मेलनको आयोजना गरेको थियो, जतिबेला बेनजिर भुट्टो प्रधानमन्त्री थिइन् । पाकिस्तानले सन् २००४ मा पनि सम्मेलन आयोजना गर्ने मौका पायो ।

अहिले सार्क सम्मेलनको तयारी स्वरुप मन्त्रिस्तरीय बैठकहरु चलिरेको छ । हालै मात्र भएको सार्क अर्थमन्त्रीहरुको सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली सहभागी भएनन् । गृहमन्त्रीस्तरीय साकै बैठकमा भने भारतीय गृहमन्त्री राजनाथ सिंह सहभागी भएका थिए ।

लगत्तै पाकिस्तानले काश्मिर विवादबारे कुराकानी गर्न सचिव स्तरीय वार्ता आहृवान गरेको थियो । तर, भारतले अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment