Comments Add Comment

तीनकुनेमा खुल्यो कियाको नयाँ शो-रुम

universal moto (1)
१२ भदौ, काठमाडौं । काठमाडाैंको तीनकुनेमा किया मोटर्सको नयाँ शो-रुम खुलेको छ । कियाले आफ्नो शो-रुम विस्तार गर्ने क्रममा आइतबार युनिभर्सल मोटोकोर्प उद्घाटन भएको छ ।

किया मोटर्सको नेपालका लागि विक्रेता कन्टिनेन्टल ग्रुपका अध्यक्ष सुहृदराज घिमिरेले शो-रुम उद्घाटन गरे । घिमिरेले किया मोटर्सले आफ्ना स्तरीय उत्पादनमार्फत ग्राहक वर्गको मन जित्ने क्रममा रहेको बताए ।

‘हामी विश्वस्तरीय ब्राण्डहरुसँग प्रतिस्पर्धामा छौं । स्तरीय उत्पादनका कारण हाम्रो बजारसँगै उत्पादन पनि बढ्दो छ । अब हुण्डाइसँगको सहकार्यमा विश्वकै सबैभन्दा बढी गाडी उत्पादन गर्ने कम्पनीमा तेस्रो हुने लक्ष्य कियाले लिएको छ’ घिमिरेले भने ।

universal moto (2)
पश्चिम युरोपमा मुख्य बजार रहेको कियाले नेपाली ग्राहकको पनि मन जित्न सकेको उनको भनाइ छ । अब कियाले भारतमा पनि उत्पादन थाल्ने तयारी गरेकाले नेपाली कजारमा कियाको विक्री थप बलियो हुने घिमिरेको विश्वास छ ।

रामशरण श्रेष्ठ, सुधिर थापासहित ३ जनाको संयुक्त लगानीमा युनिभर्सल मोटोकोर्प शो रुम खुलेको हो । शो-रुममा कियाका कियाका पिकान्टो, रियो, सोल, स्र्पोटेज, सोरेन्टोसहित ११ सिटे कार्निभल गाडीको विक्री हुनेछ । ग्राहकले यी गाडीमा फरक-फरक भेरियन्टहरु पाउनेछन् ।

universal moto (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment