Comments Add Comment

उत्कृष्ट स्वास्थ्यचौकी तथा स्वास्थ्यकर्मी पुरस्कृत

१३ भदौ, खोटाङ . जिल्लाका उत्कृष्ट स्वास्थ्यचौकी तथा स्वास्थ्यकर्मीलाई आइतबार यहाँ आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको छ ।

आर्थिक वर्ष २०७२/०७३ भित्र सबैभन्दा उत्कृष्ट सेवा प्रवाह गरेबापत प्रथम स्थान प्राप्त गर्न सफल स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दोस्रो स्थान प्राप्त स्वास्थ्यचौकी दुर्छिम र तेस्रो स्थान प्राप्त स्वास्थ्यचौकी बाक्सिलालाई जिल्ला जनस्वास्थ्य कार्यालयले पुरस्कृत गरेको हो

खोपको मात्रा पूरा गरेको, पोषणमा सुधार गरेको, परिवार नियोजन, गर्भवती सेवा,क्षयरोगविरुद्धको सेवालगायतको मापनका आधारमा उत्कृष्ट स्वास्थ्यसंस्था छनोट गरेर पुरस्कृत गरिएको कार्यालयका प्रमुख चिकित्सक डा रामबहादुर केसीले बताए ।

जिल्लाका उत्कृष्ट दश स्वास्थ्यचौकी छनोट गरिएकोमा प्राप्ताङ्कको आधारमा पहिलो, दोस्रो र तेस्रो स्वास्थ्य संस्थालाई हौसला स्वरुप पुरस्कृत गरिएको केसीको भनाइ छ ।

यस्तै, उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालका मेडिकल अधिकृत सन्तोषप्रसाद साह,डार्करुम अधिकृत सरोजकुमार पोखरेललगायत विभिन्न स्वास्थ्य संस्थाका २० स्वास्थ्यकर्मीलाई समेत पुरस्कृत गरिएको छ ।

पुरस्कृत स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले खादा र अविरसहित प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा सहभागी जिल्लाका सिअहेव, हेअ,अहेव, अनमीले पूर्ण खोप सुनिश्चित गर्न, पूर्ण प्रसूति सेवाको व्यवस्था गर्न, बालविवाहरहित समाज निर्माण गर्नेलगायतका नौबुँदे प्रतिबद्धता जनाएका छन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment