Comments Add Comment

विद्युतीय तारमा फस्दा जनावर मरे

deer_dead१४ भदौ, नवलपरासी । जंगली जनावर गाउँ पस्न नसकुन् भनेर लगाइएको विद्युतीये तारबारमा लगातार जंगली जनवार फस्न थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सिसवार मध्यवर्ती उपभोक्ता समिति अन्तरगतको मातृभूमि मध्यवर्ती सामुदायिक वनले लगाएको विद्युतीय तारबारमा दुई दिनदेखि लगातार जंगली जनवार फसेका हुन् ।

जनावरलाई गाउँ प्रवेशबाट रोक्नका लागि लगाइएको तारबारमा जंगली जनावर फसेर मर्न चालेपछि विद्युतीय तारबारमाथि नै प्रश्न उठ्न थालेको छ ।

विद्युतीय धरापमा परेर सोमबार विहान एउटा वयस्क भाले मृग मृत भेटिएको थियो भने मंगलबार विहान पोथि मृग गम्भीर घाइते अवस्थामा फेला परेको सिसवार मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष कोषाध्यक्ष ढुण्डराज केसीले बताए । दुवै मृग रतुवा प्रजातिका हुन् ।

निकुञ्ज भित्र चरिचरणको अभाव भएपछि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको जंगली जनवारहरु हात्ती, गैडा, मृग, बदेल चरिचरणका लागि गाउं पस्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जभित्र मानव अतिक्रमणका कारण र उचित संरक्षणको अभावमा जंगली जनवारका लागि प्रयाप्त चरिणको अभाव रहेको अधिकारकर्मीहरुले आवाज उठाउंदै आएका छन् ।

गैडा, हात्ती, बदेल, मृग, हरिण, जरायो लगायतका जनवारहरुले गाउंमा पसेर मानव वस्तीमा जिउधनका साथै बालीनालीमा समेत नोक्सानी पुर्याएको भन्दै निकुञ्जले मध्यवर्ती मार्फत विद्युतीय झड्का दिने तारबार गरेका थिए ।

केसीले मातृभूमि मध्यवर्ती सामुदायिक वनले विद्युतीय झड्का दिने नयाँ मेसिन ल्याएकोले त्यसमा केही खराबी भएको हुन सक्ने बताए । त्यस्तै उक्त मेसिनमा कति झड्का दिने भनेर पावर बढाउन र घटाउन मिल्ने भएकोले गैडा रोक्नका लागि बढी झण्डा दिन पर्ने भएकोले उक्त झड्काका  कारण मृत्यु भएको हुन सक्ने पनि बताए ।

केसीले सिकारीले सिकार गर्नका लागि करेन्ट थप गरिदिएको पनि हुन सक्ने बताए । कोषाध्यक्ष केसीले लगातार दुई वटा मृग फसेपछि घटनाको अनुसन्धान भईरहेको बताए ।

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत पश्चिम सेक्टर अमलटारी रेञ्जपोष्टका टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment