+
+
Shares

तीन करोड मूल्य बराबरका अखाद्य सामान नष्ट

१ लाख ३१ हजार 'अाइटम' अखाद्य सामान खाल्डोमा पुरियो

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १९ गते १५:०७
Dipak_Bohora,-Non_food_waste
अखाद्य पदार्थ नष्ट गर्दै आपूर्ति मन्त्री दीपक बोहोरा लगायत । तस्वीर: कविन अधिकारी/अनलाइनखबर

१९ भदौ, काठमाडौं । बजार अनुगमनको क्रममा बरामद भएको करिब तीन करोड रुपैयाँ बराबरका अखाद्य सामान प्रधानमन्त्री आइतबार सरकारले नष्ट गरेको छ ।

म्याद ग्रुजिएका, लेभल उल्लेख नभएका, उपभोग गर्न नमिल्ने एक लाख ३१ हजार अाइटमका खाद्य सामाग्री आइतबार दिउँसो आपूर्ति मन्त्री दीपक बोहोराको उपस्थितिमा बल्खुस्थित सुन्दरीघाटमा नष्ट गरिएको हो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले उपभोक्तासँग खेलवाड गर्ने व्यापारी-व्यावसायीहरुलाई कारबाही गर्न र बजारबाट अखाद्य सामान जफत गरी जलाउन निर्देशन दिएका थिए ।

त्यसलगत्तै आपूर्ति मन्त्रालयले साउन ३१ गतेदेखि भदौ १७ गतेसम्म बजार अनुगमन गरेको थियो । सरकारी अनुगमन टोलीले बजारबाट म्याद ग्रुजिएका र लेभल उल्लेख नभएका दाल, चामल, चिउरा, ड्राइ फुड्स, औषधि, पानी लगायत सामान जफत गरेको थियो ।

अनुगमनमा आपूर्ति व्यवस्थापन विभाग, नापतौल विभाग, खाद्य विभाग, उपभोक्तावादी विभिन्न संघसंस्था लगायतको सहभागिता थियो । संयुक्त बजार अनुगमन भदौ १७ गतेसम्म चलेको थियो ।

अनुगमन टोलीले भाटभटेनी, सेलवेज, विगमार्ट, मेघामार्ट लगायतका डिपार्टमेन्ट स्टोरका केही शाखाहरुमा सिलबन्दीसमेत गरेको थियो ।

सबैभन्दा धेरै मेघामार्टबाट २४ लाख मूल्य बराबरको अखाद्य सामान बरामद भएको थियो । यसैगरी सेलवेजबाट २१ लाख बराबरको र युनाइटेड डिस्ट्रीव्यूटर प्रालिबाट २२ लाख मूल्य बराबरका ५ हजार ५ सय सिसि हर्लिक्स बरामद गरेर नष्ट गरिएको छ ।

कार्यक्रममा ३०१ वटा यात्रुबाहक गाडी अनुगमन गर्दा १५ वटाले बढी भाडा लिएको पाइएको र तिनीहरुलाई ५ हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?