Comments Add Comment

अवरुद्ध विद्युत् सेवा एक हप्तापछि सञ्चालन हुने

फाइल तस्वीर
फाइल तस्वीर

८ असोज, गुल्मी । गुल्मीको नेटा गाविस–२ बाट सञ्चालित बडिघाट खोला लघुजल विद्युत् अवरुद्ध आयोजना अझै सञ्चालनमा आउन सकेको छैन् ।

झन्डै दुई महिना अघि वर्षासँगै बढिघाट खोलामा बाढीले आयोजनाको झन्डै १०० मिटरभन्दा बढी कुलोको नहर बगाएपछि विद्युत् सेवा अवरुद्ध बनेको थियो ।

विद्युत् सेवा सुचारु नहँुदा विभिन्न विद्यालयमा पढ्ने करिब दुई हजारभन्दा बढी विद्यार्थीलाई बिजुलीका कारण समस्या भइरहेको आयोजनाका अध्यक्ष रामराज घिमिरे जानकारी दिए ।

विद्युत् सेवा अवरुद्ध हुँदा गुल्मी र बागलुङका दुई गाविसका झन्डै एक हजार घरधुरीका उपभोक्ता र उद्योगधन्दालगायत समेत ठप्प भएका छन् ।

हाल आयोजनाको नहरको कुलो निर्माण कार्य तीव्र गतिमा एक हप्तादेखि भइरहेको र अब एक हप्तामा नहरको कुलो निर्माण सम्पन्न हुने र दसँै अघि नै विद्युत् सेवा सञ्चालन गरिने अध्यक्ष घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment