आउनै लागेको फिल्म ‘एमएस धोनी ‘द अनटोल्ड स्टोरी’ को प्रमोसनका लागि चेन्नाइ पुगेका एमएस धोनी सुपरस्टार रजनीकान्तसँग भेट्न पुगे ।
खेल तथा सिनेमाको दुई हस्तीहरुलाई एक साथ देख्न पाउनु महत्वपूर्ण कुरा हो ।
यी दुई हस्तीहरुबीचको भेटघाटको तस्वीर सार्वजनिक भएको छ । जसलाई फक्स स्टार इन्डियाले आफ्नो ट्वीटरमा शेयर गरेको छ ।
समाचारहरु अनुसार धानी ले सपरस्टार रजनीकांतसँग उनको निवासमा भेटघाट गरेका थिए ।
धोनी रजनिकान्तका ठूला फ्यान हुन् । जसका कारण उनले रजनीकान्तसँग भेटगर्नको लागि चेन्नाइ सेडुलमा समय निकाले ।
आफ्नो जीवनी बारे बनेको फिल्म प्रमोट गर्न उनी व्यस्त रहेका छन् । फिल्मको ट्रेलर दर्शकले धेरै मनपराएको जनाइएको छ । उक्त फिल्म सेप्टेम्बर ३० मा रिलिजको तयारी छ ।