Comments Add Comment

नेपाल-कोरिया बृहत् साहित्य-संस्कृति सम्मेलन हुने

Nepal-Korea-literature

काठमाडौं । नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदानप्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौता अनुसार आगामी फेब्रुअरीको दोस्रो साता काठमाडौंमा दुई देशीय बृहत् साहित्यिक एवं सांस्कृतिक सम्मेलन आयोजना गरिनेछ । सम्मेलनमा कोरियाबाट सांसद, प्राज्ञ, कवि, लेखक, चित्रकार, संस्कृतिविद्, व्यवसायी गरी करिब दुई सय जना सहभागी हुनेछन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा लेखक संघका अध्यक्ष श्रवण मुकारुङ र फोरमका महासचिव दाइकी जुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाली तथा कोरियाली साहित्य, संस्कृति, दर्शन, इतिहास, कला तथा पर्यटनबारे दश कार्यपत्र प्रस्तुत गरिनेछ । यस्तै, नेपाल र कोरियाका चुनिएका विशिष्ट कविहरुले कविता प्रस्तुत गर्ने संघले जनाएको छ । उक्त सम्मेलनमा दुवै देशका एक सय चित्रकारका कलाकृति पनि प्रदर्शन गरिनेछ ।

सो अवसरमा नेपाल र कोरियाका चुनिएका साठी कविका एक सय बीस कविता, सात-सात कथा तथा पाँच-पाँच उपन्यासको अनुवाद पनि प्रकाशन गरिनेछ । सम्मेलनको दोस्रो संस्करण भने कोरियामा आगामी जुलाईमा आयोजना हुने सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment