Comments Add Comment

यी हुन् दुनियाकै सबैभन्दा अग्ली किशोरी

talles_mossउनको उमेर जम्मा १९ वर्ष छ । तर सामान्य मानिसले उनको अनुहारमा हेर्नका लागि टाउको पछाडि झुकाउनुपर्ने अवस्था छ ।

विश्वकै सबैभन्दा अग्ली किशोरीको रुपमा गिनिज बुकमा नाम लेखाएकी टर्कीकी रुमिजा गेल्गी यति अग्ली छिन् की उनको अनुहारमा सिधा नजरले हेर्न असम्भव छ र अग्लो टावरको टुप्पोमा हेर्दा टाउको पछाडि लगेझैँ गर्नुपर्छ ।

यी किशोरी यति अग्ली हुनु एउटा वंशाणुजन्य रोगको कारणले हो । यसलाई वेभर सिन्ड्रोम भनिन्छ ।
सन् १९९७ मा गेल्गी जन्मिँदा विश्वमा यो रोग भएका मानिसको संख्या जम्मा २० थियो ।

यो रोग भएका मानिसहरुको जिउको उचाइ तिव्र रुपमा बढ्दछ । त्यसका साथै अन्य विभिन्न खाले स्वास्थ्य समस्या पनि हुन्छन् । घुँडा र कुहिनोमा पनि समस्या हुन्छ । हिँडडुल गर्न पनि समस्या हुन्छ । गेल्गी आफैलाई पनि हिँडडुल गर्न निकै समस्या छ ।

गेल्गी ५।६ वर्षकी हुँदा नै यो रोग भएको पत्ता लागेको हो । उनलाई यो रोग मात्र होइन स्कोलियोसिस नामक रोग पनि छ । जसका कारण उनको मेरुदण्ड सिधा छैन र निकै कमजोर पनि छ ।

यो दुर्लभ रोगका कारण गेल्गीका खुट्टाले उनको जिउको भार थाम्न हम्मेहम्मे पर्छ । हिँडडुल गर्न पनि वैशाखीको सहारा चाहिन्छ । तर यति हुँदापनि उनी खुसी नै छिन्, दुनियाको सबैभन्दा अग्ली किशोरी हुन पाएकोमा । सन् २०१४ मा विश्वकी सबैभन्दा अग्ली किशोरीको रुपमा उनको नाम गिनिज बुकमा दर्ता भएको थियो । उनको उचाई ७.०९ फिट रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment