Comments Add Comment

चीनले ब्रहृमपुत्रको सहायक नदीको पानी रोक्यो

brahmaputra

१५ असोज, काठमाडौं । चीनले तिब्बतमा आफ्नो जलविद्युत परियोजनाका लागि ब्रहृमपुत्रको एक सहायक नदीको पानी रोकेको छ ।

ब्रहृमपुत्रको सहायक नदीको पानी रोक्ने खबर यस्तो समयमा आएको छ, जब भारतले पाकिस्तानसँग वर्षौं पहिले भएको सिन्धु जल सम्झौतामा पुनर्विचार गर्ने बताइरहेको छ ।

भारत प्रशासित जम्मू कश्मीरको उरीमा चरमपन्थी आक्रण भएपछि एक बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए कि रगत र पानी एकसाथ बग्न सक्दैन ।’

समाचार एजेन्सी सिन्हृवाका अनुसार यसबाट विजुली निकाल्ने चीनको योजना छ । साथै यो पानीको प्रयोग सिंचाईका लागि गरिनेछ भने यसले बाढी रोक्न पनि मदत गर्ने चीनको विश्वास छ ।

तर, भारत र बंगलादेश भने चिन्तित छन् । किनकी चीनले नदी रोक्दा उनीहरुको इलाकामा रहने लाखौ मानिसको पानीकोे आपूर्तिमा अवरोध आउनेछ ।

चीनबाट आउने ब्रहृमपुत्र नदी भारतको पूर्वोत्तर राज्य अरुणाञ्चल प्रदेश र असम हुँदै बंगलादेशसम्म जान्छ ।

सिन्हृवाका अनुसार चीनले यो जलविद्युत परियोजनामा २०१४ बाट काम सुरु गरेको थियो । र, २०१९ मा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment