Comments Add Comment

महाअभियोग प्रस्ताव बेमौसमको बाजाः राजेन्द्र महतो

संविधान संशोधनलाई ओझेलमा पार्ने चिन्ता

Rajendra-Mahato
८ कात्तिक, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगलाई बेमौसमको बाजाको संज्ञा दिएका छन् । यसले संविधान संशोधनको मुद्दा नै ओझल पार्न सक्ने उनको चिन्ता थियो ।

मधेसी मोर्चाका नेता समेत रहेका महतोले तीन दलको स्वार्थले यो प्रस्ताव आएको दाबी गरे । ‘लोकमानजी मुद्दा राष्ट्रिय सवाल होइन । तीन दलको स्वार्थ हो’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, तीन दलको स्वार्थमा राष्ट्रिय स्वार्थ गौण हुने देखियो ।’

संविधान अनुसार महाअभियोग प्रस्ताव आउनु समान्य भएको उनले बताए । उनले अघि भने, कुनै एउटा व्यक्ति पदमा बस्न नबस्ने ठूलो कुरा होइन ।’

तर, संविधान संशोधनको मुद्दा नै ओझेलमा पर्ने प्रयास गरेको भन्दै महतोले उसलाई वेमौसमको बाजाको संज्ञा दिए । उनले अघि भने, ‘संविधान संशोधन थाति राखेर उपलब्धि गुमाउने काम नहोस् भन्ने हो । किनकि संविधान संशोधन अहिले कहाँ हराएको जस्तो देखिन्छ ।’

यद्यपि महाअभियोग प्रस्ताव दर्ता नै भइसकेकाले अब मधेसी मोर्चाले आफ्नो धारणा बनाउने सदभावना अध्यक्ष महतोले बताए । संसदमा प्रस्ताव आएपछि हाम्रो पनि भूमिका हुन्छ । छिट्टै बैठक बसेर उपयुक्त निर्णय लिन्छ, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment