Comments Add Comment

१२ हप्ताको फरकमा एउटै बालिकाको दुई पटक जन्म !

2-time-born-baby

काठमाडौ । अमेरिकामा एक बालिकाले दुई पटक जन्म लिएको घटना अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । १२ हप्ताको फरकमा दुई पटक जन्म लिएकी बालिका अहिले चार महिनाकी भएकी छिन् ।

लिनली होप नाम गरेकी बालिका २३ हप्ता छँदा नै उनलाई करिब २० मिनेटका लागि आमाको गर्भबाट बाहिर निकालिएको थियो । उनको जीवन रक्षार्थ चिकित्सकहरुले उनलाई गर्भबाट बाहिर निकालेर जटिल शल्यकि्रया पश्चात्त पुनः भित्र राखेका थिए । त्यतिबेला उनको तौल जम्मा एक पाउण्ड तीन आउन्स थियो ।

मार्गरेट बुमर १६ हप्ताकी गर्भवती थिइन् जब चिकित्सकहरुले उनको गर्भमा रहेको शिशुमा ‘स्याक्रोसिजीयल टेराटोमा’ नामक ट्यूमर भएको जानकारी दिएका थिए । उक्त ट्यूमर उनको शरीरको पुछारमा हुने हड्डीमा रहेको थियो ।

‘यो भर्खर जन्मेका बच्चाहरुमा देखिने आम ट्यूमर हो । तर, यो साधारण भईकन पनि धेरै कम शिशुलाई हुने ट्यूमर मध्यको एक थियो’, टेक्सस चिल्डे्रन्स फोयटल सेनटरका उपनिर्देशक तथा अमेरिकास्थित बेलोर कलेज मेडिसिनका एसोसियट प्राध्यापक डेरेल कासले भने ।

कासका अनुसार शिशुको उमेरसँगै ट्युमरको आकार बढ्दै गइरहेकेा थियो ।
‘केही घटनाहरुमा ट्यूमरले जितेर शिशुको हृदयको गति बन्द भई मृत्युसम्म हुने गर्दछ,’ उनले भने ।

२३ हप्तामै उक्त ट्यूमरले बालिकाको हृदयको गतिलाई कम गर्दै लगिरहेको थियो । ‘त्यो अवस्थामा हामीले बालिकामाथि ट्यूमर हावी हुन दिने की बालिकालाई अर्को एउटा मौका दिने भन्नेमा एक विकल्प छनोट गर्नु पर्ने थियो,’ बुमरले सिएनएनसित भने । उनीहरुले बालिकालाई अर्को एउटा मौका दिने कुरालाई प्राथमिकता दिए ।

लगतै २३ हप्ता ५ दिनको गर्भावस्थामा मार्गरेटको एउटा जटिल शल्यकि्रया गरियो, जतिबेला ट्यूमरको अकार भु्रणको आकार भन्दा केहीमात्र ठूलो थियो ।

उक्त शल्यक्रियालाई कास तथा ओलुइन्का ओलुटाइले करिब ५ घण्टा लगाएर सम्पन्न गरेका थिए । त्यसमध्य भु्रणमा रहेको ट्यूमरलाई हटाउन उनीहरुले मात्र २० मिनेट खर्चिएका थिए । धेरैजसो समय उनीहरुले पाठेघर खोल्नमै विताएका थिए ।

ट्यूमर यति ठूलो थियो की त्यसलाई निकाल्न चिकित्सकहरुलाई उक्त ट्युमर चिर्नै परेको थियो । त्यति बेला बालिकाको मुटुको धड्कन लगभग रोकिने अवस्थामा पुगेको थियो । तथापी, चिकित्सकहरुले उनलाई बचाएर ट्यूमर निकाल्न सफल भए ।

शल्यकि्रया सम्पन्न भएलगत्तै चिकित्कहरुले उक्त बालिकालाई पहिले जसरी नै गर्भमा राखेर पाठेघरको मुख पुन सिलाइदिएका थिए ।

त्यो घटना भएको १२ हप्तापछि यही जुनमा लेनलीले पुन जन्म लिएकी छिन् ।

दाश्रो पटक जन्म हुँदा उनी जम्मा ३६ हप्ताकी थिइन् । उनलाई पुन शल्यक्रियाद्वारा बाहिर निकालिएको थियो । लेनली आफ्नी आमाको गर्भबाट तेश्रो सन्तानका रुपमा जन्म लिएकी छिन् ।

लेनलीको शरीरमा भएको सम्पूर्ण ट्यूमर हटाउन उनको जन्म भएको आठ दिन पश्चात्त अर्को ठूलो शल्यक्रिया गरिएको थियो । हाल उनको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

लिनलीको यो घटना आएसँगै उनी यस दुनियामा ‘दुई पटक जन्म लिने’ पहिलो बालिका बनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment