Comments Add Comment

प्रचण्डले अवसर गुमाए समर्थन फिर्ता लिन्छौं: उपेन्द्र यादव

upendra-yadav

१२ कात्तिक, काठमाडौं । संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म प्रधानमन्त्री प्रचण्डलाई अवसर भएको बताए । त्यतिवेलासम्म संविधान संशोधन नभए मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने उनको चेतावनी थियो ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गठबन्धनका अध्यक्ष यादवले मोर्चाले अहिले नै सरकारलाई कुनै अल्टिमेटम नदिएको बताए । उनले अघि थपे, ‘हामीले सरकारलाई अल्मिटेम दिएका छैनौं, प्रधानमन्त्री स्वयमले नै संविधान संशोधनको लागि म्याद तोक्ने काम गर्नुभएको छ, हामीले तोकेका छैनौं ।’

उनले अघि भने, छठसम्म पनि उहाँले गर्नुभएन भने हामी गठबन्धनको बैठक बसेर यसबारेमा निर्णय गर्छौं ।’

संविधान संशोधन गर्छु भनेर प्रधानमन्त्रीले धेरैपटक मिति घोषणा गरेपनि अहिलेसम्म संशोधन प्रक्रिया अघि नबढाएको भन्दै उनले छठ अन्तिम मिति होस् भन्ने कामना गरे । यादवले भने, ‘बकबक बोलेर मात्रै हुँदैन, उहाँले बोले बमोजिम छठ अब अन्तिम मिति होस्, यो राज्यले मौका नगुमाओस्, हामीले मुलुकलाई निकास दिनको लागि नै तीन बुँदे सम्झौता गरेका थियौं ।’

यद्धपि यादवले मधेसी मोर्चासँग काँग्रेस र नेकपा माओवादी केन्द्रले गरेको तीन बुँदे सम्झौता अहिलेसम्म पूरा नभएको गुनासो पोखे । उनले सरकारले अहिलेसम्म मन्त्रिपरिषदको बैठकबाट गर्न सक्ने सामान्य काम समेत नगरेको आरोप लगाए ।

पछिल्ल्ाो समय संविधान संशोधन, महाअभियोग प्रस्ताव, चुनाव लगायतका विषयहरु प्याकेजमै गर्नेबारे चर्चा भएको उल्लेख गर्दै फोरम अध्यक्ष यादवले यो प्रस्तावलाई मोर्चाले पहिल्यै नै अस्विकार गरिसकेको बताए । उनले भने, ‘यो प्रस्ताव धेरै पूराना कुरा हो, यसलाई गठबन्धनले पहिले नै अस्विकार गरिसकेको छ ।’

अब के गर्ने भन्ने सरकारको हातमा भएको उल्लेख गर्दै यादवले भने, ‘मुलुकलाई निकास दिने कुरा अब सरकारको हातमा छ, हामीले त धेर्यता देखाईरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment