Comments Add Comment

डोनाल्ड ट्रम्प टाइम वर्ष व्यक्ति घोषित

donald-trump

२२ मंसिर, काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ‘टाइम पर्सन अफ दि इयर २०१६’ घोषित भएका छन् ।

ट्रम्पले क्लिन्टनसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायतलाई ईयूबाट अलग गराउने अभियानका अभियान्ता एवं यूकेआईपी पार्टीका पूर्व नेता निगेल फारागलाई पछि पारे ।

उसो त हिलरी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएसँगै यो उपाधि उनले जितिसकेको थिए । तर, अनलाइन रिडर्स पोलमा ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछि पारे ।

रोचक त के भने २०११ देखि रिडर्स पोलमा जितेका कसैले पनि टाइम एडिटर्सलाई प्रभावित पार्न सकेको छैनन् ।

२००० पछि अमेरिकी राष्ट्रपति चुनाव जसले जितेका छन्, उनी टाइम पर्सन अफ दि इयर बनेका छन् । २००० र २००४ मा जर्ज डब्ल्यू बुस वर्ष व्यक्ति बनेका थिए भने २००८ र २०१२ मा बाराक ओबामा बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment