Comments Add Comment

अब फुटबलमा पनि रेफ्रीले भिडियो रिप्ले गराउन सक्ने

video-review

२३ मंसिर, काठमाडौं । अब फुटबलमा पनि भिडियो रिप्लेका आधारमा रेफ्रीले आफ्नो निर्णय पुनराबलोक गर्न सक्ने भएका छन् ।

यसको सुरुवात क्लब विश्वकपबाट हुँदैछ । जापानमा आगामी बिहीबारदेखि फिफा क्लब विश्वकप सुरु हुँदैछ । यो प्रतियोगितामार्फत विश्व फुटबलले भिडियो रिभ्यूको सुविधा पनि पाउनेछ ।

मैदानसँगै रहेको मोनिटरबाट भिडियो हेरेर निर्णय परिवर्तन गर्न सकिने सुविधा फुटबलमा पनि सुरु हुन लागेको छ ।

‘म्याच चेन्जिङ’ परिस्थितिमा मैदानमा रहेका अफिसियलबाट अनुरोध आएपछि भिडियो असिस्टेन्ट रेफ्रीले रिभ्यू गर्न सक्नेछन् । फिफा टेक्निकल डेभलपमेन्ट अफिसर मार्को भान बास्टेनले भनेका छन्, ‘यो विश्व फुटबलका लागि कोशेढुंगा हुनेछ ।’

यो बर्ष यसअघि दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भिडियो रिभ्यूको परिक्षण गरिएको थियो र पहिलो पटक फिफाको आधिकारिक प्रतियोगितामा यसलाई लागू गर्न लागिएको हो ।

तर, यो प्रणाली लागू भएपनि खेलको अन्तिम निर्णय भने फिल्डको मूख्य रेफ्रीसँगै निहीत हुनेछ । यद्यपि सिरियस इन्सिडेन्टमा यो प्रणालीले रेफ्रीको गल्ति सुधार्ने मौका पनि दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment