शुक्रबार, ७ माघ, २०७३
OnlineKhabar.com

तीन दलबीच सहमति जुटेन, विरोधका बीच संशोधन टेबल गर्ने तयारी

अनलाइनखबर

prachand-deuba-oli

२४ पुस, काठमाडौं । सदनको अवरोध खुलाउनबारे सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुङ्गिएको छ । र, सरकारले विपक्षीको विरोधका बीच संविधान संशोधन विधेयक टेबल गर्ने तयारी गरेको छ ।

संसदको बैठक केहीबेरमा बस्दैछ । त्यसअघि सहमतिको प्रयासमा सभामुख ओनसरी घर्तीको आहृवानमा कांग्रेस, एमाले र माओवादीका शीर्ष तीन नेताको बैठक बसेको थियो ।

त्रिपक्षीय बैठकपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच ‘वान टु वान’ वार्ता समेत भएको थियो । तर, संविधान संशोधन विधेयकबारे सहमति जुट्न सकेन ।

सत्तारुढ दलहरुले संशोधन विधेयक टेबल गर्न मात्र दिन आग्रह गरेका थिए । तर, एमालेले सीमांकन हेरफेरको प्रस्ताव असंवैधानिक भएको दाबी गर्दै सदन नखुलाउने अडान लियो ।

संशोधन दर्ता भएदेखि नै एमालेसहितका विपक्षी दलहरुले त्यसको विरोधमा संसद अवरुद्ध पार्दै आएका छन् ।

२०७३ पुष २४ गते १५:२६ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • Lilamber लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १६:१२

    नेपाली जनता तथा एमाले पार्टी ले आफ्नो पार्टी भित्र भए को धृतराष्ट्र र दुर्योधन लाई पहिचान गर्नु परयो र त्यस्ता अपराधी हरु को नाक कान katnu परयो . मेरो बिचार एमाले पार्टीमा केहीयस्तो ब्यक्ति हाबी भए को छन जसको सोच यो छ की अब “म र मेरो सबै सर्बोच्च पद मा पूगी सके , अब पार्टी किन चाहियो भनेर पार्टी kai बिनास गरेर मरने ” यही सोचेर पार्टी र देश लाई अत्यंत कठिन मोड़ माँ पुर्याई दिए का छन.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this