Comments Add Comment

रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम

real-madrid

३ माघ, काठमाडौं । स्पेनिस जाइन्ट रियल मड्रिडको ४० खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । ला लिगा अन्तरगत आइतबार राति भएको खेलमा सेभिल्लाले जोभिटिकले अतिरिक्त समयको गोलको मदतमा रियल मड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियलले ६७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत अग्रता लिएको थियो ।

तर, ८५ औं मिनेटमा कप्तान सर्जिओ रामोसले आत्मघाती गोल गरे र खेल १–१ को बराबरीमा पुग्यो भने जोभेटिकले अतिरिक्त समयमा गोल गर्दै सेभिल्लालाई जित दिलाए ।

यो रियल मड्रिडको ६ अप्रिलपछि पहिलो हार हो । र, ला लिगामा मात्र १ अंकको अग्रता कायम छ । बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको ३९ अंक छ भने लिग लिडर रियलको ४० अंक छ । तर, उसले एक खेल कम खेलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment