Comments Add Comment

शीतलनिवासको बिहे खर्च कसले व्यहोर्छ ? राज्यले कि व्यक्तिले ?

nisha-kusum-bhandari-and-abhishek-yadav-marriage4

३ माघ, काठमाडौं । राष्ट्रपतिनिवासमा आयोजित भव्य विवाह समारोहमा कति खर्च भयो भन्ने हिसाब-किताव बाहिर आइसकेको छैन । यो विवाह व्यक्तिगत भए पनि आइतबार साँझ राष्ट्रपति कार्यालयले सरकारी छापसहितको आधिकारिक प्रेस विज्ञप्ति नै जारी गरेर यसको जिम्मा लिएको छ ।

nisha-kusum-bhandari-marriage

बिहेको विषयमा विज्ञप्ति जारी गर्ने राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ माधव शर्मालाई हामीले सोध्यौं- ‘तपाईले जारी गरेको विज्ञप्तिमा बिहेभोजको खर्च राष्ट्रपति कार्यालयले व्यहोर्छ कि विद्यादेवी भण्डारीले भन्ने कुनै उल्लेख गरिएको पाइएन, योे खर्च कसले व्यहोर्छ ? सरकारले कि व्यक्तिले ?’

जवाफमा शर्माले भने- ‘कहाँको राज्यले व्यहोर्नु ? सबै खर्च व्यक्तिगत हो । राष्ट्रपति कार्यालयको जमीनमात्रै प्रयोग गरिएको हो, सबै खर्च राष्ट्रपतिज्यूको व्यक्तिगत हो ।’

बिहे भोजमा आएका पाहुनालाई खुवाएको खानामात्रै नभई पानीको पैसासमेत राष्ट्रपति कार्यालयले नतिर्ने शर्माले अनलाइनखबरलाई बताए । उनले भने- ‘पानीको पैसासमेत सरकारको हैन, व्यक्तिगत हो ।’

शर्माका अनुसार बिहेभोजमा करिब ३ सय पाहुनाको सहभागिता थियो । उनले भने- ‘जन्तीहरुको संख्या ५१ जना हो, करिब ३ सय पाहुनाहरु सहभागी हुनुभएको अनुमान छ, आउने जाने भइरहेको थियो ।’

शर्माले आइतबार साँझ राष्ट्रपतिको स्वकीय सचिवालयबाट जारी गरेको वक्तव्य अनुसार विवाह समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो मान्दै पूर्वराष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वउपराष्ट्रपति परमानन्द झाका साथै पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, केपी ओली, शेरबहादुर देउवा, खिलराज रेग्मी लगायतको उपस्थिति थियो ।

त्यसैगरी विभिन्न दलका नेता एवं राजदूतहरु पनि बर बधूलाई शुभकामना दिन आएको शीतल निवासले जनाएको छ ।

यो पनि पढ्नुहोस् 

राष्ट्रपतिले शीतल निवासबाटै अन्माइन् छोरी, हेर्नुस् ९ तस्वीर

शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए ५० वर्षअघिको आफ्नो विवाह

एमालेको घरमा कांग्रेसको जन्ती !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment