Comments Add Comment

पार्टीले कारबाही गर्नुअघि नै राजबंशीले नयाँ दल दर्ता गरे

laxman-rajbanshi
फाइल तस्वीर ।

८ माघ, काठमाडौं । नेपा राष्ट्रिय पार्टीका एकमात्र सांसद लक्षण राजवंशीले पार्टीले कारबाही गर्नुभन्दा अगावै सुटुक्क
आफ्नो अलग्गै पार्टी दर्ता गराएको रहस्योद्घाटन भएको छ।

पार्टीको नीतिविरुद्ध संविधान संसोधन बिधेयकविरुद्धको नेकपा एमालेको गठबन्धनमा सहभागी भएको भन्दै गत बुधबार सो पार्टीले निष्कासन गरेपछि सांसद राजवंशीले नयाँ दल दर्ता गरेको सार्वजनिक गरेका हुन्। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

‘पार्टीको केन्द्रिय कमिटीले निष्काशन गरिएको पत्र निर्वाचन आयोगमा बुझाएपछि सभासद्को पद के हुने भन्ने विषयमा छलफल चलिरहेको थियो ।

यसक्रममा सभासद् राजवंशी स्वयंले अलग्गै पार्टी दर्ता गराएको थाहा पाएँ, नेपा राष्ट्रिय पार्टीका महासचिव विजय सैंजुले भने। राजवंशीले पुस ४ गते निर्वाचन आयोगमा दर्ता गराएको दलको नाम बौद्धिक जनतान्त्रिक परिषद् प्रस्ताव गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment