Comments Add Comment

देश जोगाउन तीन तहको निर्वाचन: नेता नेपाल

madhav-kumar-nepal

१० माघ, पोखरा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक शून्यताबाट  गरिनु पर्ने आवश्यकतामा जोड दिएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले संसदमा पेस भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनसम्बन्धी कानुन पास गरी निर्वाचन आयोगलाई बुझाउन पर्ने बताए ।

अनेकौं बहानामा निर्वाचन सार्ने चालबाजी चलेकोमा चिन्ता व्यक्त गर्दै उनले आगामी माघ ७ गते तीनै तहको निर्वाचन गराएर नयाँ जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गरेपछि मात्रै संविधान कार्यान्वयन हुनसक्ने धारणा राखे।

नेता नेपालले संविधान संशोधन मधेसी आम जनताको माग नभएको जिकिर गर्दै संशोधनलाई विफल पार्ने एक तिहाइ सांसदको सङ्ख्या विपक्षीसँग सुरक्षित रहेकाले यो संशोधन प्रस्ताव कुनै हालतमा पास नहुने दाबी गरे।

उनले कुनै लोभ, लालचा र प्रलोभनमा नपरी देशभक्तिको भावनामा अडिग हुन सबैसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment