२३ जनवरी, व्रिसवेन । अष्ट्रेलियाको व्रिसवेनमा एक कलाकारको गोली लागेर मृत्यु भएको छ । एक म्युजिक भिडियोको सुटिङ भइरहेका बेला गोली चलेको थियो ।
२० वर्षीय कलाकारको छातीमा गोली लागेर मृत्यु भएको क्वीन्सल्याण्ड प्रहरीले बताएको छ । प्रहरीका अनुसार सिटी सेन्टर नजिक इगल लेन बारमा गोली चलेको थियो । त्यहाँ धेरै गोली चलेको आवाज सुनिएको थियो ।
वरपरका बासिन्दालाई भने असुरक्षा नरहेको प्रहरीले जनाएको छ ।