Comments Add Comment

प्याराग्लाइडिङ दुर्घटनामा बेलायती नागरिकको मृत्यु

paraglaiding१० माघ, पोखरा । पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा एक बिदेशी नागरिकको मृत्यु भएको छ । आइतबार दिउँसो प्याराग्लाइडिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा बेलायती नागरिक ६८ वर्षीय मिचेल पिटर ब्ल्यानचार्डको ज्यान गएको हो ।

उनी सोलो प्याराग्लाइडर हुन् ।

कास्कीको सराङकोटबाट उडेका उनी उड्ने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किँदा गम्भीर घाइते भएका थिए । उनको तत्कालै उद्धार गरेर पोखराको मेट्रोसिटी अस्पतालमा उपचारका लागि ल्याइए पनि उपचारका क्रममा राति मृत्यु भएको कास्कीका प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले जानकारी दिए ।

वेलायतबाट २१ ज्ानवरीमा काठमाडौं आएका पिटर २२ तारिखमा नेपाल नागरिक उड्डयन कार्यालय पोखराबाट सोलो प्याराग्लाइडिङको अनुमति लिएका थिए । उनको पासपोर्ट नम्बर ५१२८७६२६४ हो ।

पिटरको शव हाल पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । पोष्टमार्टमपछि शव आफन्तलाई बुझाइने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment