Comments Add Comment

वेनिशालाई प्रेम गर्दै सागर


गायक रोशन श्रेष्ठको आवाजमा समावेश ‘तिमी नै तिमी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक श्रेष्ठकै शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र दिनेश श्रेष्ठको संगीत संयोजन छ ।

पोखरा र चितवनका ठाउँहरुमा खिचिएको भिडियोमा नायिका वेनिशा हमाल र मोडल सागर पोख्रेल फिचरिङ छन् । भिडियोमा सागर र वेनिशाको जोडीलाई दर्शकले मन पराउने विश्वास गरिएको छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment