Comments Add Comment

सर्वोच्चले भन्यो-प्राधिकरणका सीईओ पोखरेललाई काम गर्न रोक्नु पर्दैन

३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई काम गर्न बाटो खुला गरेको छ ।

पोखरेलको नियुक्तिविरुद्ध तत्कालीन सीईओ सुशील ज्ञवालीले सर्वोच्चमा रिट दायर गरेका थिए । प्रारम्भीक सुनुवाईपछि अन्तरिम आदेश नदिएको सर्वोच्चले दुई पक्षको बहसपछि पनि पोखरेलको माग अनुसार अन्तरिम आदेश दिएन ।

न्यायाधीश जगदीश शर्मा पौडेल र हरिकृष्ण कार्कीको इजलासले ज्ञवालीले माग गरे अनुसार डा. पोखरेललाई काम गर्न रोक लगाउनु कनपर्ने भनेको छ । तर, रिटलाई अग्राधिकार दिन अर्थात प्राथमिकतामा राख्न भनेको सर्वोच्चले जनाएको छ ।

अब यो मुद्दाको अन्तिम टुंगो नलागेसम्म पोखरेल नै प्राधिकरणको सीईओ हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment