बिहीबार, १७ चैत, २०७३
OnlineKhabar.com

प्रचण्डलाई कमल थापाको प्रस्तावः अब अर्को चमत्कार गरौं

राजसंस्थासँग नझस्कन गणतन्त्रवादीहरुलाई आग्रह

अनलाइनखबर

६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासँग नझस्कन गणतन्त्रवादीहरुलाई आग्रह गरेका छन् । साथै उनले प्रधानमन्त्री प्रचण्डसामू उनको आमुल परिर्वतन र आफूहरुको परम्परागत मूल्य मान्यताबीच सामजश्यता खोज्ने प्रस्ताव राखे ।

पार्टीको एकता महाधिवेशनलाई सम्बोधनका गर्दै थापाले राष्ट्रियताका लागि सहकार्य गर्ने प्रस्ताव राखेका हुन् । थापाअघि महाधिवेशनको शुभाकमना दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई राप्रपासँग सहकार्य गरौं गरौं, लाग्ने भन्दै टाढा नजान आग्रह गरेका थिए ।

राप्रपा अध्यक्ष थापाले प्रचण्ड र आफ्नो देशलाई बलियो बनाउनुपर्छ भन्ने समान मान्यता रहेको बताए ।

०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका वीपी कोइरालाले प्रजातन्त्रवादीहरु पञ्चसँग नझस्क, पञ्चहरु प्रजातन्त्रवादीहरुसँग नतर्स भनेको स्मरण गर्दै उनले भने, म भन्न चाहन्छु, गणतन्त्रवादीहरु राजसंस्थासँग नझस्क, राजसंस्था पक्षधरहरु गणतन्त्रवादीहरु नतर्स ।’

गणतन्त्र यथार्थ बनिसकेको भन्दै उनले राजसंस्थासहितको लोकतन्त्रको प्रस्ताप अघि सारे । १० वर्षे जनयुद्धको कमाण्डर प्रचण्डका विलक्षण प्रतिभा रहेको र धेरै चमत्कार गरेको भन्दै राप्रपा अध्यक्ष थापाले भने, ‘अब अर्को एउटा चमत्कार आवश्यक छ । तपाई -प्रचण्ड) को विद्रोह र मेरो/हाम्रो परम्परागत मूल्य मान्यताबीच सामजश्यता कायम गरौं ।’

संविधानमा धेरै कमजोरी रहेको र प्रमुख दलहरुले यसमा संशोधन गर्ने बाचा गरेको भन्दै त्यो पुरा नगरे बेइमानी हुने बताए । प्रमुख दलहरुको अकर्मन्यताका कारण अझैसम्म मधेसको समस्या समाधान हुन नसकेको उनले संविधान संशोधन गर्नु पर्नेमा जोड दिए ।

तर, अहिले सरकारले ल्याएको संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकाले समर्थन गर्न नसक्ने बताए ।

थापाले अब भने चुनाव घोषणा गर्नु पर्ने बताए । सरकारले चुनाव घोषणा गरे समर्थन गर्ने पहिलो दल राप्रपा हुने भन्दै उनले मधेसका समस्यालाई पनि सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

२०७३ फागुन ६ गते १८:२३ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • Bindu लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १८:५६

    देशका राष्ट्रबादी शक्तीहरु आपसमा मिलेर राजसंस्था सहितको प्रजातान्त्रिक ब्यबस्था अनुरुप देशको शासन हाँक्न सके नेपाल बिदेशी शक्तिका क्रिडास्थल बन्न पाउने थिएन । तरलतामा गैरहेको अस्थिर राजनीतिले ठोस् रुप लिने थियो । देशको बिकास द्रुत गतिमा अगाडि बढ्ने थियो ।
    तर यस्तो हुन सक्ला र यि राजनीतिक नेताहरुको माध्यमबाट ? खै ! क्यै भर छैन यिनको .तैपनी आश त हुन्छ नै । यि नेता नभए अर्कै कुनै शक्ती उदाउला जस्ले भारत या चाइना हैन हाम्रै राजसंस्था राजा सँग मिलेर यो देश जोगाउन महत्बपूर्ण भूमिका निभाउला नै ।
    यती धेरै नेगेटिभ पनि किन सोच्नु पर्‍यो र ! के थाहा बि पि कोईरालाको जसरी बुद्दी पो पलायो कि ! ‘ मेरो र राजाको घाटी जोडीएको छ — नेपाल रहे न हामी नेपालको नेता हुन पाउछौ — अनी सिक्किमको राजनीति — लेन्द्रुपे — उस्को जिबनको अन्त —होश आयो कि हाम्रा नेताहरुको —
    यसरी सकारात्मक सोच्दा अहा ! नेपालले काँचूली फेरेको द्र्श्य — आँखा भरी —
    बिन्दु प्याकुरेल , बेल्जियमबाट .

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this