Comments Add Comment

जब रियाको टफलेस फोटो भाइरल भयो


२०१३ मा प्रदर्शित फिल्म ‘मेरे ड्याड की मारुति’ हेर्नेले राम्ररी चिन्छन्, रिया चक्रवर्तीलाई । तिनै रिया यतिबेला इन्टरनेटमा भाइरल भएका छन् । फिल्मको कारण होइन, बोल्ड फोटोसुटले ।

फोटोमा रिया टपलेस देखिन्छ । उनले कामुक फोटो सोशल मीडियामा शेयर गरेकी हुन् ।

२०१४ मा उनी ‘सोनाली केबल’मा पनि देखिएकी थिइन् । अहिले ‘हाफ गर्लफ्रेन्ड’को छायांकनमा व्यस्त छिन् । यो फिल्म मे महिनाको दोस्रो साता प्रदर्शनमा आउँदैछ ।

फिल्म ‘सोनाली केबल’को छायांकनको बेला पनि उनी यस्तै हर्कत गरेर चर्चामा आएकी थिइन् । त्यसमा उनको मूख्य भूमिका छ । उक्त फिल्मका उनले जुनबेला साइन गरिन्, त्यसबेला ‘आशिकी-२’का फेम आदित्य रोय कपुरसँग रिलेसनसीपमा थिइन् ।

त्यसबेला उनले आफ्नो ब्वाईफ्रेन्डकै लागि फिल्ममा चुम्बनको दृश्य दिन इन्कार गरेकी थिइन् । निर्माणपक्षले जति सम्झाएपनि उनले ‘नो किसिङ’ सर्तमा अडिग रहिन् । तर, फिल्म छायांकनको क्रममा आदित्यसँग उनको सम्बन्ध टुट्यो । त्यही ब्रेकअपको झोंकमा उनले फिल्मको को-स्टार अलीसँग जमेर चुम्बन गरेकी थिइन् । खासमा आदित्यले ‘आशिकी-२’मा श्रद्धा कपुरसँग अन्तरंग दृश्य दिएपछि उनीहरुको ब्रेकअप भएको थियो । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment