Comments Add Comment

काठमाडौंमा र पोखरामा फोर-जी प्रयोगकर्ता ४ लाख नाघे, अब कहाँ हुँदैछ विस्तार ?

१० फागुन, काठमाडौं । नेपाल टेलिकमले थालेको फोर-जी चलाउने प्रिपेड ग्राहकको संख्या ३ लाख ३५ हजार नाघेको छ । काठमाडौं र पोखराका प्रिपेड मोबाइलमा फोरजी सुरुवात भएको २० दिनमै यसको ग्राहक संख्या ३ लाख ३५ हजार नाघेको हो ।

नेपाल टेलिकमका सह-प्रवक्ता सोधन अधिकारीले प्रिपेड ग्राहकको फोर-जी प्रतिको मोह उत्साहजनक रहेको बताए ।

पोष्टपेडमा फोर-जी चलाउने ग्राहकको संख्या पनि ६५ हजार नाघेको छ । प्रिपेड र पोष्टपडे गरेर फोर-जीका लागि कुल ४ लाख ग्राहक दर्ता भइसकेका छन् ।

पुस १७ गतेदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकका लागि फोर-जी सेवा सुरुवात गरेको थियो भने प्रिपेडमा माघ २२ बाट । ‘फोर-जी ब्यवसायिक हिसावमा सफल हुने बाटोमा लम्किसक्यो । ग्राहकको आकर्षण र चासो यसप्रति निकै देखिएको छ’ सहप्रवक्ता अधिकारीले भने ।

अब १५ मुख्य नगर क्षेत्रमा

तेस्रो चरणमा फोर-जी सेवा १५ वटा मुख्य नगर क्षेत्रमा विस्तार गरिनेछ । बिर्तामोड, धरान, इटहरी, भरतपुर, हेटौंडा, वीरगञ्ज, जनकपुर, विराटनगर, नेपालगञ्ज, बुटवल, धनगढी लगायतका क्षेत्रमा अब फोर-जी विस्तार हुनेछ ।

टेलिकमले १५ वटा उपहमागरपालिकाको फोर-जी सेवाका लागि अखहिले नेटवर्क डिजाइन गरिरहेको छ । यो सकिनासाथ टेण्डर गरेर फोर-जीलाई प्रमुख शहरी क्षेत्रहरुमा केन्द्रित गरिनेछ ।

‘एक वर्षभित्रै देशैभर’

टेलिकमले एक वर्षभित्रै आफ्नो पहुँच पुगेका सबै क्षत्रेमा फोर-जी पुर्‍याउने लक्ष्य राखेको छ । संसदको विकास समितिले पनि एक वर्षभित्र देशभर फोर-जी सेवा पुर्‍याउन निर्देशन दिएको थियो ।

टेलिकमले वाषिर्कउत्सवका अवसरमा ल्याएका विभिन्न प्याकेज योजना पनि फोर-जी प्रयोगकर्तालाई लक्षित गरेको छ । मोबाइलमा फाष्ट इन्टरनेट चलाउन चाहानेका लागि फोर-जी एकमात्र विकल्प बनेको छ ।

टेकिलमले फोर-जीलाई गुणस्तरीय बनाउन विभिन्न प्राविधिक तयारीहरु पनि गरिरहेको बताएको छ । पछिल्लोपटक आइफोनका सबै सिरिजमा फोर-जी चलाउन सकिने भएपछि पनि यसका ग्राहक बढेको टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment