शुक्रबार, १५ वैशाख, २०७४
OnlineKhabar.com

५ वर्षभित्र २५ वटा नयाँ तारे होटल खोल्ने सरकारको घोषणा

अनलाइनखबर


२० फागुन, काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र २५ वटा नयाँ तारे होटल खोल्ने घोषणा गरेको छ । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनबहादुर शाहीले ५ वर्षभित्र थप २५ वटा स्टार होटल थप्ने घोषणा गरे ।

निजी क्षेत्रमार्फत २५ वटा होटल खोल्न सरकारले पहल लिने भएको हो ।  मन्त्री शाहीले सरकारले अब काठमाडौं र पोखराममा मात्रै पयर्टन प्रवर्द्धन नगर्ने भन्दै रारा, खप्तडसहित विभिन्न ग्रामीण क्षत्रेमा पनि पर्यटक पुर्‍याउने गरी योजना बनाएको बताए ।

त्यस्ता ग्रामीण क्षेत्र लक्षित पर्यटकीय होटल र पूर्वाधारहरुमा सरकारले कर छुटको ब्यवस्था गर्ने उनको भनाइ थियो । अहिले नेपालमा १० वटा मात्रै ५ तारे तारे होटल रहेकाले पर्यटकको चाप थेग्ने अवस्था नरहेको बताए ।

उनले यसैमा आधारित भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरे । उनले अब पर्यटककको सुविधाका लागि विभिन्न युरोपियन देशसँग सीधा उडान स्थापित गर्ने पनि बताए ।

उनले भैरहवामा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको भन्दै यसमार्फत पनि पर्यटन प्रवर्द्धन हुने भएकाले लगानीका आग्रह गरे ।

२०७३ फागुन २० गते १६:०९ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४ प्रतिकृयाहरू प्राप्त
  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ फागुन २० गते १४:३६

    This good news, we are interested about job creation and TAX collection..

    4
    0
    Share

  • प्रविण खत्री लेख्नुहुन्छ    |   २०७३ फागुन २० गते १५:००

    हो हो खोल्नु पर्छ । त्यसपछि पाँचतारे होटलमा हरियो पर्दा लगाएर छोईला, छ्याड्ड्ग र लोकल ठर्रा खानु पर्छ ।

    2
    2
    Share

  • ss लेख्नुहुन्छ    |   २०७३ फागुन २० गते २१:४६

    5 star hotel kholne re , teso bhaye parti ka karye karta le ta 5 star mai jagir ni paune bhaye.

    1
    0
    Share

  • kancha लेख्नुहुन्छ    |   २०७३ फागुन २१ गते ०:४१

    rara tal ra khaptad lai dhosta banaune bho jata payo tetai hotel kholera

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this