Comments Add Comment

प्रमुख दलका नेता भन्छन्- सबै मिलेर चुनाव सफल पार्नुको विकल्प छैन

 

११ चैत, काठमाडौं । प्रमुख दलका नेताहरुले सबै दल मिलेर निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा कांग्रेस, एमाले र माओवादीका नेताहरुले निर्वाचन सफल बनाउन मधेसी मोर्चाले पनि सहयोग गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले निर्वाचनलाई ठूलो अवसरको रुपमा लिनुपर्ने बताए । उनले स्थानीय तहको निर्वाचनले तल्लो तहमा जनतालाई अधिकार दिलाउने भन्दै त्यसको विरोध गर्न नहुने स्पष्ट पारे । उनले मधेसी मोर्चाले पनि चुनावलाई सहयोग गर्नुपर्ने बताए ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान संशोधन प्रस्तावलाई थाति राखेर निर्वाचनमा जानुको विकल्प नरहेको धारणा राखे ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले मधेसी मोर्चालाई सहमतिमा ल्याएर निर्वाचन सम्पन्न गर्न सरकारले अधिकतम पहल गरिरहेको बताए । मुलुक निर्वाचनबाट पछि फर्कने अवस्था नरहेको भन्दै सबै दलले स्थानीय निर्वाचनमा भाग लिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मधेसी मोर्चाका नेता रामनरेश यादवले यथास्थितिमा निर्वाचनमा भाग लिन नसकिने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment