Comments Add Comment

आर्थिक समाचारः कल्याणकारी कोषको क्षतिपूर्ति बढ्दै

१५ चैत, काठमाडौं । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने व्यक्तिका परिवारले अब सात लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । नागरिक दैनिकले कल्याणकारी कोषको क्षतिपूर्ति बढ्दैलाई मुख्य समाचार बनाएको छ । गएको माघ ११ मा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुसार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले क्षतिपूर्ति रकम वृद्धिको अन्तिम तयारी गरेको हो ।

प्रतिबन्धित भारु नोटको अन्योलका सन्दर्भमा ‘दोस्रो टोली पनि आयो-गयो’लाई पनि नागरिकले समाचार बनाएको छ । ‘किसानलाई ११ नयाँ जातका बीउ सिफारिस’लाई पनि नागरिकले उल्लेख गरेको छ ।

‘तीन वर्षमा करिब ५० अर्ब लगानी गर्दै चौधरी समूह’लाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । असार दोस्रो दाता सम्मेलन हुनेलाई पनि नयाँ पत्रिकाले पनि उल्लेख गरेको छ । विदेशी लगानीकर्ताको अनुभव सन्दर्भमा नयाँ पत्रिकाले लेखेको छः नेपालमा नाफा छ, वातावरण छैन ।

कारोबारले पनि ‘दुई वर्षमा ३१ अर्ब थप्दै चौधरी’लाई मुख्य समाचार बनाएको छ । ‘एकद्धार सेवामा बहुराष्ट्रिय कम्पनीको एकै स्वर’लाई कारोबारले लेखेको छ ।

‘कर्जाको ब्याज छ महिनासम्म बढाउन नपाइने’लाई उल्लेख गरेको कारोबारले स्थानीय निर्वाचनलाई चीनको साढे १४ करोड दिनेलाई पनि लेखेको छ ।

इन्धन सम्झौता नवीकरण सन्दर्भमा अन्नपूर्णले ‘आपूर्ति सहज नगरे मुद्दा’लाई अन्नपूर्ण पोस्ट् दैनिकले मुख्य समाचार बनाएको छ । चौधरी समूहको ५० अर्ब लगानी थपिँदैलाई पनि अन्नपूर्णले लेखेको छ ।

विदेशी लगानी सहजीकरणमा बहस सन्दर्भमा कानुनी तथा प्रशासनिक सुधारमा जोडलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । भारु नोट सटही अन्योल यथावत भएकोलाई पनि अभियानले लेखेको छ ।
स्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment