Comments Add Comment

युएईमा बृहत सांस्कृतिक कार्यक्रम हुने


युएई । सुरुवात म… परिवर्तन हामी भन्ने मुल नाराको साथ युएईमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । अध्याँरोबाट उज्यालो तिरको यात्रा शिक्षाको लागि साङगीतिक अभियान अन्तरर्गत हेमन मोक्तान फाउन्डेसनको आयोजनामा युएईमा पहिलोपटक बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

७ अपि्रल २०१७ मा कर्लटन टवार होटल देरा दुबईमा कार्यक्रम हुने गायक मोक्तानले बताए । हेमन मोक्तनको शिक्षाको लागि साङगितिक अभियानमा हुन लागेको यस कार्यक्रमलाई सफल पार्न जनजाती महासंघ युएई, एनआरनए युएई, नेपाली समाज युएई, नेपाल पत्रकार महासंघ युएई साखाले सहयोग गर्ने भएका छन् ।

कार्यक्रममा नायिका रजनी केसी, र गायिका मल्लिका कार्कीको पनि प्रस्तुति रहने छ । युएईमा रहेका स्थानीय नेपाली कलाकारले पनि आफ्नो प्रस्तुति दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment