Comments Add Comment

आक्रामक लगानी बिस्तारपछि पनि बढेन बैंकहरुको सेयरमा प्रतिफल

पुँजी वृद्धिले प्रतिफल कायम गर्न चुनौती

१५ बैशाख, काठमाडौं । चालु आवको तेस्रो त्रैमाशिक वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकहरुको सेयरमा प्रतिफल (रिर्टन अन इक्विटि) हेर्दा बैंकहरुलाई पुँजी वृद्धिपछि पहिले जस्तो उच्च प्रतिफल कायम गर्न गाह्रो पर्ने देखिएको छ ।

गत चैतसम्सको वित्तीय विवरण प्रकाशित गरेका ९ वाणिज्य बैंकमा ४ वटा बैंकको प्रतिफल अघिल्लो चैतको तुलनामा केही बढेको छ भने ५ को घटेको छ । तर गत पुसको तुलनामा चैतको प्रतिफल हेर्ने हो भने एउटा संस्थाबाहेक सबैको घट्ने क्रममा रहेको छ ।

सबैजसो बैंकको सेयरमा प्रतिफल २० प्रतिशतभन्दा मुनी नै रहेको छ । सेयरमा प्रतिफल सुचकले औसतमा सेयर लगानीकर्ताले कति प्रतिफल पाउने अवस्था छ र कम्पनी कत्तिको फलदायी छ भन्ने संकेत गर्छ ।

यो अनुपात जति उच्च भयोसेयर पुँजीको प्रभावकारी प्रयोग गर्नमा त्यस संस्थाको व्यवस्थापन त्यत्तिकै सबल रहेको छ भनेर विश्लेषण गरिन्छ । हुनतः बैंकहरुले सम्पत्ती (कर्जा लगायत) मा वृद्धि गरेर पनि प्रतिफल बढाउन सक्छन् । तर बैंकहरुले सञ्चालन जोखिमको कारण यसमा अधिक वृद्धि गर्न भने सक्ने अवस्था हुदैन् ।

चुक्ता पुँजीमा भइरहेको वृद्धि कै कारण बैंकहरुले केही महिनाअघि आक्रामक कर्जा बिस्तारमा जाँदा कर्जाको लागि लगानी योग्य पुँजी अभाव नै देखिएको थियो । सञ्चालकहरुले उच्च प्रतिफल खोज्ने भएको कारण यसको लागि आम्दानी वृद्धि गर्न कर्जामा पनि आक्रामक वृद्धि गर्न परेको बैंकहरुले बताएका थिए ।

यो पनि हेरौं : बैंकिङ क्षेत्रले अब २०/२५ प्रतिशतभन्दा प्रतिफल दिन सक्दैन

     ‘ठूला घरानाका बैंकले निम्त्याए पुँजी अभाव समस्या’

हुनत :  वित्त क्षेत्रका ज्ञाताहरु १५ देखि २० प्रतिशतसम्मको सेयरमा प्रतिफललाई आकर्षक नै मान्ने गर्छन् । तर, नेपालमा यसअघि बैैंकहरुको सेयरमा ३० प्रतिशतभन्दा माथी प्रतिफल रहने गरेकोले घट्दो प्रतिफल लगानीकर्ताहरुको चिन्ताको विषय बन्न सक्छ ।

पछिल्लो पटक चुक्ता पुँजी वृद्धिको निर्देशन यता बैंकहरुले जारी गर्ने हकप्रद र बोनस सेयरको दरमा वृद्धि त भएको छ । तर पुँजी वृद्धिको दबाब उच्च प्रतिफल कायम गर्न देखिन थालेको छ ।

घट्दो प्रतिसेयर आम्दानी

बैंकहरुको प्रतिसेयर आम्दानी पनि घट्दो क्रममा रहेको देखिएको छ । ग्लोबल आइएमई र एनएमबी बैंकको बाहेक अन्य सबै बैंकको यो दर घटेको हो । यो दरमा बार्षिक रुपमा वृद्धि हुनुलाई सकारात्मक रुपमा हेरिन्छ भने यो दर घट्दा लगानीकर्ताको आकर्षण पनि घट्न थाल्छ ।

कम्पनीले कमाएको नाफा सबै सेयर इकाईलाई बाड्दा प्रतिइकाइले कति पाउने अवस्था छ भन्ने यसे देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment