+
+
Shares

विमलेन्द्र निधीको राजीनामा फिर्ता, आजै गृह मन्त्रालय सम्हाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते १८:३०


२१ बैशाख, काठमाडौं । विमलेन्द्र निधीले उपप्रधान तथा गृहमन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । लगतै उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र निधीबीच बिहीबार विहान छलफल भएको थियो । उक्त बैठकमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिएर काममा र्फकन आग्रह गरेका छन् ।

गृहमन्त्रीबारे नै बुधबार राति अबेरसम्म कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलमा सभापति देउवाले निधीलाई राजीनामा फिर्ता लिएर गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए ।

सोही आग्रह लिएर कांग्रेस सभापति देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका निधीले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

अब उपप्रधान तथा गृहमन्त्री निधी सरकारको बरियतामा दोस्रो स्थानमा रहनेछन् ।

यसअघि निधी र तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद चलेको थियो । थापालाई दोस्रो वरियता दिएपछि उनले मन्त्रिपरिषद् बहिस्कार समेत गरेका थिए । तर, राप्रपाले सरकार छाडेकाले अब निधी प्रचण्ड सरकारमा दोस्रो वरियतामा रहनेछन् ।

यो पनि पढ्नुस्ः

कांग्रेसले कसलाई गृहमन्त्री बनाउँदैछ ? विमलेन्द्र नै फर्कने संकेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?