१० फागुन, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दामा दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले यो भ्रष्टाचार प्रकरणमा जोडिएका दिपकचन्द्र अमात्य र सुरेश आचार्यलाई साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
उनीहरू नागरिक उड्ययन प्राधिकरणको सञ्चालक समितिको बैठकमा उपस्थित भएको देखिए पनि चाइनिज कम्पनीसँगको खरिद प्रक्रियाका अन्य काममा संलग्न भएको खुल्न नआएको भन्दै सो आदेश जारी गरिएको हो ।
अमात्य पूर्व संस्कृति तथा पर्यटन मन्त्री हुन् भने आचार्य तत्कालीन पर्यटन सहसचिव थिए ।
यो भ्रष्टाचार प्रकरणमा ५५ जनाविरुद्ध विशेष अदालतले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4