+
+
Shares

पोखरा विमानस्थल भ्रष्टाचारका ३ आरोपित सामान्य तारिखमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते ७:३४

१७ पुस, काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार खमुद्दामा मुछिएका तीन उपनिर्देशकहरुलाई सामान्य तारिखमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले भ्रष्टाचारको प्रश्न उठ्ने महत्वपूर्ण निर्णयमा उनीहरुको संलग्नता नदेखिएको भन्दै उनीहरुलाई सामान्य तारिखमा रिहा गर्न आदेश दिएको हो ।

पोखरा विमानस्थल निर्माण गर्न चिनिया कम्पनीसँग सम्झौता हुँदा उनीहरु उपनिर्देशक थिए । लागत बढाउने कुनै पनि निर्णयमा उनीहरुको भूमिका नदेखिएको भन्दै विशेष अदालतले माइन्यूट पुस्तिकामा हस्ताक्षर गरेकै आधारमा मुद्दा चलेकाले सामान्य तारिखमा रिहा गर्न आदेश दिएको हो ।

पोखरा विमानस्थल मुद्दामा यसअघि नै अदालतमा उपस्थित भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी मागेको थियो । तर, नलिञ्चोक हेलिपोर्टको भ्रष्टाचारमुद्दाका कारण अधिकारी अहिले थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?