Comments Add Comment

‘पत्नी र छोरीलाई शवहरुको थुप्रोमा खोजेँ’

९ जेठ, काठमाडौं । म्यान्चेस्टरमा पप गायिका एरियान ग्राण्डको कन्सर्टपछि भएको आतंकबादी हमलामा परि थुप्रैको मृत्यु भएको पुष्टि बेलायती प्रहरीले गरेको छ ।

बेलायतको आपतकालीन सेवा समयमा पुगेका कारण स्थिति नियन्त्रणमा लिन सहज भएको थियो ।

म्यान्चेस्टर प्रहरीले २२ जनाको मृत्यु भएको र ५ दर्जनभन्दा बढी घाइते भएको पुष्टी गरिसकेको छ । घाइतेमध्ये केही बमको छर्रा लागेर घाइते भएका छन् भने अधिकांश चाहीँ बिष्फोटपछिको भागदौडमा च्यापिएर घाइते भएको बताइएको छ ।

एण्डी होली आफ्नी पत्नी र छोरीलाई लिनका लागि म्यान्चेस्टर एरेना गएका थिए ।

उनले भने, ‘म कुरिरहेको थिएँ, त्यसैबेला ठूलो बिष्फोट भयो र म एउटा गेटबाट ३० फिट पर अर्को गेटअगाडि बजारिएँ ।’

‘जव म ब्युझिएँ, शवहरुको माथि परेको रहेछु । मेरो मनमा सबैभन्दा पहिले यो कुरा आयो कि एरिनाको भित्र जाउँ र मेरी पत्नी र छोरीलाई खोजुँ ।’

‘तर मैले उनीहरुलाई खोज्न सकिन, त्यसपछि बाहिर प्रहरी र अग्नि नियन्त्रण दलको नजिक गएँ र त्यहाँ रहेका शवहरुमा पत्नी र छोरीको अनुहार खोज्न थालेँ ।’

आखिरमा मैले मेरी पत्नी र छोरी भेट्टाएँ, उनीहरु सुरक्षित छन् ।’

उनी भन्छन्, ‘यो निश्चित रुपमा एउटा ठूलो बिष्फोट थियो जुन एरिनाको टिकट काउण्टर नजिकै भएको थियो र यो निक्कै शक्तिशाली थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment