Comments Add Comment

गोवरगड्डादेखि पत्थरकोटका पर्यटन सम्भावना जगाउँदै एमाले मधेश पस्ने

इश्वर पोखरेलले मैथिलीमा भाषण गर्दै भने-नेपाल अल्पसंख्यकको देश हो

१० जेठ,काठमाडौं । नेकपा एमालेले दोस्रो चरणको चुनावी अभियान शुरु हुनु अघिनै पर्यटन प्रबर्द्धर्नका कार्यक्रम लिएर मधेश पस्ने रणनीति लिएको छ ।

तराई मधेशका प्रमुख पर्यटकीय क्षेत्रहरुको विकास गर्ने गुरु योजनासहित पार्टी निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको नाममा एमाले मधेश पस्न लागेको हो ।

बुधवार काठमाडौंमा आयोजित मधेशका पर्यटन व्यवसायी तथा मधेशी कार्यकर्तालाई मैथिलीमा सम्बोधन गर्दै एमाले महासचिव इश्वर पोखरेलले अबको स्थानीय चुनावपछि मधेशको बिकासको नेतृत्व एमालेले गर्ने बताए । उनले मधेशवादी र मधेशको परम्परागत शक्ति कांग्रेसले मधेशलाई जहिल्यै अशान्त बताएको आरोप लगाए ।

पोखरेलले भने-नेपाल अल्पसंख्यकहरुको देश हो । यहाँ कुनै पनि समुदायको बाहुल्यता छैन । त्यसैले मिलेर बसौं भन्दा एमालेलाई मधेश बिरोधी भन्नेहरु मधेशको सम्बृद्धिका बाधक हुन् । अब मधेशको पर्यटनबाट मुलुकले लाभ लिने योजना सहित एमाले चुनावमा जादैछ ।

एमाले केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख सूर्य थापाले हिमाल र पहाडमा मात्र होइन मधेश तराईमा झन् ऐतिहासिक पर्यटकीय सम्पदाहरु रहेकाले अब एमालेले ती सम्भावनाहरु खोज्दै मधेशी जनतालाई विकासको धारमा समेट्ने बताए । उनले मधेशका धार्मिक,सांस्कृतिक र ऐतिहासिक पर्यटकीय सम्पदाको विकासमा एमालेले योजना बनाउदै गरेको बताए ।

कार्यक्रममा बिजयकुमार दत्तले प्रदेश नम्बर २ मा पर्यटकीय पुर्वाधार विकास प्रबर्द्धन र बजारिकण विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पूर्वमा गोवरखगड्डा टापु,पश्चिममा ठोरी-पत्थरकोट,पर्यटको आधारशीला जनकपुर र खुर्कोट’ भन्दै एमाले मधेश पस्न लागेको कार्यक्रममा बताइयो ।

भेलामा एमाले पोलिटव्यूरो सदस्य तथा सांसद सत्रुघन महतो,लालबाबु यादव,बंशीधर मिश्र,टानका अध्यक्ष चन्द्र रिजाल लगायतले २ नम्बर प्रदेशको पर्यटन प्रबर्द्धनका सम्भावनाहरु औंल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment