Comments Add Comment

सलमानसँग किन रिसाए अरवाज खान ?

बलिउड अभिनेता अरबाज खान अहिले आफ्ना दाई सलमान खानसँग रिसाइरहेको खबर छ । रिसाउनुको कारण रहेछ, उनको आगामी फिल्म दबंग ३ लाई सलमानले वेवास्ता गर्नु ।

समाचार अनुसार सलमान फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङपछि निर्देशक प्रभु देवासँग उनको आगामी फिल्ममा काम गर्न चाहन्छन् । यसले गर्दा दबंग ३ को सुटिङ पछि धकेलिने भएको छ ।

अरबाज खान लामो समयदेखि फिल्म दबंग ३ को सुटिङ गर्ने योजना बनाइरहेका छन् । तर सलमानको एकदमै व्यस्त सेड्यूलका कारण यो फिल्म सुरु हुन सकेको छैन । ‘ट्यूबलाइट’को सुटिङ सकेर अहिले सलमान ‘टाइगर जिन्दा है’को सुटिङमा व्यस्त छन् । यसपछि उनी प्रभुदेवाको ‘वान्टेड २’ को सुटिङमा व्यस्त हुनेछन् । दाईले आफ्नो फिल्मलाई वेवास्ता नगरेपछि अरवाजको चित्त दुख्नु स्वभाविकै हो ।

निर्देशक अली अब्बास जफरको फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङ यूएईमा भइरहेको छ । सलमान र कैटरिना पनि त्यहीँ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment