Comments Add Comment

भीरबाट खसेर रुकुममा एकको मृत्यु

१२ जेष्ठ, रुकुम । रुकुमको सानीभेरी गाउँपालिका-७, सहरेमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

हिजो साँझ घाँस काट्न गएको बेला भीरबाट खसेर स्थानीय २८ वर्षीया कमला रावतको मृत्यु भएको हो ।

घर नजिकैको वनमा घाँस काट्न गएकी रावत भीरबाट खरेस गम्भीर घाइते भएको र चौरजहारी अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।

यसैबीच, जाजरकोटको जुनीचाँदे गाउँपालिका ५, मटेलाकी १३ वर्षीया डिला परियारको चट्याङ लागेर मृत्यु भएको छ ।

कालेखोला जंगलमा काफल खाएर घर र्फकने क्रममा चट्याङ लाग्दा परियारको मृत्यु भएको हो ।

चट्याङ लागेर अन्य २ जना घाइते भएका छन् । सोही ठाउँका हिरा परियार र मालिका बस्नेत घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment