Comments Add Comment

गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना

१३ जेठ, काठमाडौं । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।

काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । २ बजेर ४ मिनेटमा विमान दुर्घटनामा परेको थियो ।

विमानका चालक चालक पारस राई र सहचालक सृजन मानन्धर थिए भने विमान परिचारिका प्रज्ञा महर्जन थिइन् ।

तीनै जनाको उद्दार गरिएको छ । विमानको अघिल्लो भागमा क्षति भएकाले चालक दलका सदस्यहरूको उद्दार निकै कठिन भएको थियो । तर, उनीहरूको उद्दार गरिएको छ र अस्पताल लगिएको छ ।
चालक राईको अवस्था केही गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउन प्रयास गरिने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment