+
+
Shares

कुलमानलाई सुप्रबल जनसेवाश्री पदक

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १५ गते १०:१८

१५ जेठ, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने भएको छ ।

गणतन्त्र दिवस २०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न र महेन्द्र नारायण निधिलाई राष्ट्रगौरव पदकबाट सम्मानित गरिने भएको छ ।

सुप्रबल जनसेवाश्री १२० जनालाई प्रदान गरिने भएको छ, जसमा लोडसेडिङ हटाएर चर्चामा आएका कुलमान घिसिङ पनि परेका छन् ।

सरकारले प्रधानमन्त्री प्रचण्डको छोरा प्रकाश दाहाललाई पनि कुलमानलाई दिएकै पदक सुप्रबल जनसेवा श्रीबाट सम्मान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?