Comments Add Comment

बझाङको काँडामा वडाध्यक्ष सहित एमालेको प्यानलै निर्बिरोध

५ असार,बझाङ । बझाङको काँडा गाँउपालिकाको एउटा वडामा एमालेका अध्यक्ष सहित सबै पदमा निर्बिरोध निर्वाचित भएका छन् । वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल निर्बिरोध विजयी भएको हो ।

गाउँपालिका बन्ने बेला निकै विवाद भएको र स्थानीयले आन्दोलन गरेर राष्ट्रिय चर्चा पाएको काँडा गाउँपालिका वडा नम्बर ५ मा अरु पार्टीको उम्मेदवारी नपरेपछि एमाले निर्बिरोध भएको हो ।

एमालेका उम्मेदवार धनन्जय बोहोरा अध्यक्षमा निर्विरोध भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै महिला सदस्यमा अमृतादेवी बोहोरा, खुला सदस्यमा डब्बल बोहोरा र कलु बोहोरा बिजयी भएका छन । दलित महिलामा भने कसैको उम्मेदवार नपरेकाले खाली भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment