Comments Add Comment

सिड्नीमा पहिलो पटक बन्यो तीज गीतको भिडियो


२० जून, सिड्नी । अष्ट्रेलियामा आएका नेपालीहरू मध्ये कतिले सुख पाए, कतिले दुख पाए ? त्यसको लेखाजोखा हुँदै जाला ।

तर, गायिका मञ्जु पौडेलले भने गीत मार्फत अष्ट्रेलिया आएर दुःख पाएको कूरा ठोकुवाका साथ बताएकी छिन ।

तीज आउँन अझै दुई महिना बाँकी भएता पनि यतिबेला अष्ट्रेलियामा रहेका नेपाली चेलिहरूलाई तीजको माहौलले छोइसकेको छ ।

यही तीजको भाका समेटिएको गीतको सिड्नीको कोगरा भन्ने नेपालीहरूको बाक्लो बस्ती भएको शहरमा भिडियो तयार पारियो ।

‘गीत अष्ट्रेलिया सम्बन्धी भएकाले यो गीतको माग अनुरूप नै हामीले यसको भिडियो पनि यही बनाएका हौ ।’ बि.एम. एस.फिल्मसका वीरेन्द्रदीप मल्लले भने ।

‘पढ्न भनी सपना बोकी
अष्ट्रेलिया आए, बिदेश आए
मै छोरीले साह्रै दुख पाए ।’

यही गीतमा रातो पहिरनमा सिड्नीको ब्यस्त शहरमा करिब दुई दर्जन नेपाली चेलिहरू कम्मर मर्काई मर्काई नाचेको दृश्य विदेशीहरूलाई पनि साँच्चै नौलो लागेको थियो ।

प्रवासीने नेपाली चेलिहरूको ब्यथालाई समेटिएको यो गीतको भिडियोलाई विजय थापाले निर्देशन गरेका हुन भने रचना अनिता सुबेदी र लय खुमन अधिकारीको छ ।

सिड्नीमा नै रहेका कुन्ती लिम्बु र पबित्रा न्यौपाने कंडेल मोडलको रूपमा प्रस्तुत भएका छन ।

आधुनिक र पप गीतहरूको भिडियो सिड्नीमा धेरै बनेता पनि तीजको गीतको भिडियो भने सिड्नीमा संभवत: पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment